नेकपा एमाले द्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं, ९ मङ्सिर । नेकपा एमालेले प्रतिनिधिसभाको निर्वाचनको लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने भएको छ।

आज दिउँसो निर्वाचन आयोगमा पुगेर दल दर्ता गर्न लागेको एमालेका निर्वाचन विभाग प्रमुख निरज आचार्यले जानकारी गराए ।

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ता गराइसक्नुपर्नेछ।

सोमबारसम्म प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि ६४ दल दर्ता भइसकेका छन्। प्रतिनिधिसभा पुनर्स्थापनाको मुद्दा उठाइराखेको एमालेले आज दल दर्ता गर्न लागेको हो।