एमालेले महाधिवेशनकाे उद्घाटन भक्तपुरमा गर्ने, बन्दसत्र काठमाडौंमा
काठमाडौँ, १० मङ्सिर । नेकपा एमालेको एघारौं महाधिवेशन उद्घाटन समारोह भक्तपुरको सल्लाघारीमा गर्ने भएको छ । एघारौं महाधिवेशनकाे बन्दसत्र भने काठमाडौंको भृकुटीमण्डपमै हुने छ ।
नेकपा एमालेकाे आज बसेको महाधिवेशन व्यवस्थापन सचिवालयको बैठकले महाधिवेशन उद्घाटन स्थल र बन्द सत्र स्थलबारे निर्णय लिएको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशन उद्घाटन स्थल सल्लाघारीकाे एक सय राेपनी चउर र बन्दसत्र भने भृकुटीमण्डपमा हुने गरी आज निर्णय भएको छ ।
नेकपा एमालेले यसअघि २७ मंसिरदेखि २९ मंसिरसम्म एघारौं महाधिवेशन गर्ने निर्णय गरेको थियो ।