अध्यक्ष ओलीले आज सम्पादकहरूसँग भेटघाट गर्ने

काठमाडौँ, २५ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँग भेटघाट गर्ने भएका छन्।

प्रेस चौतारी नेपालको आयोजनामा दिउँसो १ बजे भेटघाट कार्यक्रम तय भएको हाे। अध्यक्ष ओलीले भेटघाटमा आफ्ना आगामी योजना र रणनीति सार्वजनिक गर्ने कार्यक्रम छ।

अध्यक्ष ओलीले आमअपेक्षाभन्दा फरक र महत्वपूर्ण विषयहरू सार्वजनिक गर्ने बताइएकाे छ उहाँको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ।