एमाले महाधिवेशनमा अध्यक्षका लागि ओलीको उम्मेदवारी दर्ता

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे छ ।

महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया तीव्र गतिमा अघि बढेको छ। २२६३ जना प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।

यसपटक अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छुट्टाछुट्टै प्यानलसहित मैदानमा उत्रिनुभएकाे छ ।