एमाले महाधिवेशन: उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक, भोलि बिहान ११ बजेदेखि मतदान (सूचीसहित)

काठमाडौँ, २९ मङ्सिर । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ।

केन्द्रीय निर्वाचन आयोगले सोमबार राति उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक गरेको हो। निर्वाचन कार्यतालिका अनुसार साँझ ६ बजे नामावली प्रकाशन गर्ने समय तोकिए पनि केही ढिला गरी नामावली सार्वजनिक गरिएको हो।

आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार अब उम्मेदवारी फिर्ता र दाबी विरोधको प्रक्रिया पूरा गरी अन्तिम नामावली प्रकाशन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *