झापा–५ मा चुनावी सरगर्मी: अध्यक्ष ओली झापा पुगे

झापा, ५ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो गृहजिल्ला तथा निर्वाचन क्षेत्र झापा पुग्नुभएकाे छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न लाग्नुभएका ओली सोमबार दिउँसो हवाईमार्ग हुँदै भद्रपुर विमानस्थल ओर्लिनुभएकाे हाे ।

निर्वाचनको मिति नजिकिएसँगै चुनावी कमाण्ड सम्हाल्न र मतदाता भेटघाटका लागि अध्यक्ष ओली झापा पुग्नुभएकाे हाे । विमानस्थलमा उहाँलाई एमालेका स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गर्नुभएका थिए ।

अध्यक्ष ओली पुग्नुभएपछि झापा–५ को राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ।