पहाडी र हिमाली भेगका एकदुई स्थानमा हल्का वर्षा र चट्याङको सम्भावना, तराईमा हुस्सुको प्रभाव

काठमाडौँ, १९ फागुन । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी तथा हिमाली भेगमा मौसममा फेरबदल देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिन अनुसार आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा साधारणतया बादल लाग्नेछ भने बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । देशका बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ । तराईका केही स्थानमा बिहानीपख हुस्सु लाग्ने महाशाखाले जनाएको छ ।

आज राति कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने र तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना छ । महाशाखाले वर्षा र हिमपातको पूर्वानुमान गरिएका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । हुस्सु र तुवाँलोका कारण दृश्यात्मकतामा कमी आउन सक्ने भएकाले सडक तथा हवाई यातायात सञ्चालनमा सावधानी अपनाउन सम्बद्ध सबैमा अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *