सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ, ३ चैत्र । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा ४ सय र चाँदी ७० रुपैयाँले बढेको हो।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ। सोमबार सुन ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ५ हजार २ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि आज सुनचाँदीको मूल्यमा वृद्धि देखिएको छ। पछिल्लो तथ्याङ्कअनुसार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ५ हजार ३० डलर र चाँदी प्रतिऔँस ८० डलरमा कारोबार भइरहेको छ।