विदेशी मुद्राको विनिमय दर यस्ताे छ : डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्ड महँगियाे

काठमाडौँ, ११ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको मूल्यमा सामान्य गिरावट देखिएको छ भने युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ र स्वीस फ्रयाङ्कको भाउ भने बढेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ४९ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ४७ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ९७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ७८ पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९० रुपैयाँ ४२ पैसा र बिक्रीदर १९१ रुपैयाँ १८ पैसा रहेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुक र मलेसियाको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ३९.९३ र बिक्री ४०.०९ रुपैयाँ
कतारी रियाल १: खरिद ४१.०३ र बिक्री ४१.१९ रुपैयाँ
युएई दिराम १: खरिद ४०.८० र बिक्री ४०.९७ रुपैयाँ
मलेसियन रिङ्गेट १: खरिद ३७.८८ र बिक्री ३८.०४ रुपैयाँ
कुवेती दिनार १: खरिद ४८८.८८ र बिक्री ४९०.८३ रुपैयाँ
बहराइन दिनार १: खरिद ३९७.०१ र बिक्री ३९८.६० रुपैयाँ

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४८ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ७५ पैसा र बिक्रीदर २१ रुपैयाँ ८३ पैसा पुगेको छ। भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ९१ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५२ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।