सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं, २९ चैत्र । नेपाली बजारमा आज आइतबार सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, अघिल्लो कारोबार दिनको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार १०० रुपैयाँ कायम गरेको छ । गत शुक्रबार सुन प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि उकालो लागेको छ । चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९६० रुपैयाँ रहेको थियो ।

नेपाली बजारमा सुनचाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार र डलरको विनिमय दरका आधारमा निर्धारण हुने गर्छ ।