कर प्रणालीमा व्यापक सुधार: आयकरको सीमा १० लाख कायम

काठमाडौँ, १५ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत देशको कर प्रणालीमा व्यापक सुधारको घोषणा गर्नुभएको छ। सङ्घीय संसद्मा प्रस्तुत बजेटमा उद्यमी–व्यवसायी तथा मध्यम वर्गलाई लक्षित गर्दै कर संरचनामा महत्त्वपूर्ण पुनरावलोकन गरिएको छ।

नयाँ बजेट वक्तव्य अनुसार व्यक्तिगत आयकर छुटको सीमा बढाएर वार्षिक १० लाख रुपैयाँ पुर्‍याइएको छ। यसैगरी, अधिकतम आयकरको दरलाई साविकको तुलनामा १० प्रतिशत विन्दुले घटाइएको छ। यस सुधारबाट मध्यम वर्गीय करदाता र जागिरे वर्गलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *