राष्ट्र बैंकले आजदेखि ५० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
काठमाडौँ, २ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि साविककै आकार र रङमा नयाँ विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले सार्वजनिक गरेको सूचनाअनुसार सङ्केत नम्बर ट २४ ०००००१ देखि ण ७० ९९९९९९ सम्म भएको नयाँ नोट चलनचल्तीमा ल्याइएको हो।
नयाँ नोटमा सगरमाथा, लालीगुराँस र हिउँचितुवाको चित्रसहित गभर्नर विश्वनाथ पौडेलको दस्तखत तथा वि.सं. २०८२ र सन् २०२५ उल्लेख गरिएको छ।
