नुवाकोटकाे श्रीशान्ति बुद्ध आधारभूत विद्यालयमा लायन्स क्लव अफ काठमाडौं फेलाेसिप र इसिएलएफकाे न्यानाे टाेपी र शैक्षिक सामाग्री सहयाेग
काठमाडौं, २३ पुस । लायन्स क्लव अफ काठमाडौं फेलोसिप र इसिएलएफकाे सहयाेगमा समाजसेवी राजेश हिमालयकाे संयाेजकत्वमा नुवाकोटकाे एक विद्यालयमा न्यानाे कपडालगाएतका सहयाेग गरेका छन् ।
लायन्स क्लव अफ काठमाडौं फेलोसिप, इसिएलएफ र समाजसेवीहरूकाे एक समुहले काठमाडौं सुन्दरीजल नजिक चिसापानी नुवाकोटमा रहेकाे शिवपुरी–२ छाप स्थित श्रीशान्ति बुद्ध आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई आवश्यक शैक्षिक सामाग्री, न्यानाे टाेपी र स्कुल ब्यागहरू सहयाेग गरेकाे हाे ।
सामाजिक कार्यमा अग्रसर फेलोसिपका बरिष्ठ उपाध्यक्ष राजेश हिमालय को संयोजकत्वमा शैक्षिक सामाग्री, न्यानाे टाेपी र स्कुल ब्यागहरू वितरण गरिएकाे उक्त कार्यक्रममा इसिएलएफ नेपालकी अध्यक्ष बन्दना श्रेष्ठ, लायन्स सुशीला श्रेष्ठ, बालगोपाल साहुखल, आकाश कक्षपति, राजेन्द्र भट्ट, सुरेश शिवाकोटी, इसिएलएफ नेपालका निर्देशक राजाराम महाजुलगाएतका सहभागी रहेका थिए ।
कार्यक्रममा शैक्षिक सामाग्री, न्यानाे टाेपी र स्कुल ब्यागहरू वितरणले विद्यालयकाे सामाजिक शैक्षिक सहयाेग पुगेकाेमा विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलगायतले धन्यवाद ब्यक्त गरेका थिए ।