प्रधानमन्त्री प्रचण्ड पुगे बालकोट

काठमाडाैं, २ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार बिहान बालकोट पुगेका छन् ।

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ओली निवास बालकोट पुगेका हुन् । अहिले दुई नेताहरूबीच भेटवार्ता जारी छ।

संसदबाट पुस २६ गते विश्वासको मत लिएपछि प्रधानमन्त्री प्रचण्ड दोस्रो पटक ओली निवास बालकोट पुगेका हुन् ।

प्रतिपक्षमा रहेका नेपाली कांग्रेसले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपछि सत्ता गठबन्धनमा मन्त्रिपरिषद् विस्तारमा केही अलमल भएको छ ।