दाहाल र नेपाललगाएतका दलले जालझेल गर्न खोजेका छन् : अध्यक्ष ओली

काठमाडाैं, २७ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति, उपराष्ट्रपति निर्वाचनमा दाहाल र नेपाललगाएतका दलले जालझेल गर्न खोजेकाे बताउनुभएकाे छ ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगाएतका सत्तागठबन्धनका दलहरूले जालझेल गर्न खोजेकाे बताउनुभएकाे हाे ।

शनिबार अखिल नेपाल महिला संघकाे सातौं राष्ट्रिय सम्मेलनमा बाेल्नुहुँदै अध्यक्ष ओलीले अष्टलक्ष्मी शाक्यसँग एक्लै लड्न नसकेर १० दलीय गठबन्धन बनाएका टिप्पणी गरे। यद्यपि, गठबन्धनभित्र अनेक प्रकारका जालझेल र प्रपञ्च भएको उहाँको भनाइ छ।

अध्यक्ष ओलीले दाहाल र नेपालले दक्षिणपन्थको नांगो दलाली गर्दै कम्युनिष्ट पार्टीका उम्मेदवारलाई राष्ट्रपति बन्न नदिएको पनि बताउनुभयाे ।