कञ्चनपुरका स्वास्थ्य स्वयंसेविकालाई साइकल

कञ्चनपुर, ६ चैत्र । कञ्चनपुरको भीमदत्त नगरपालिकाले स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ ।

सजिलो सेवाका लागि प्रत्येक महिला स्वयंसेविकालाई एक/एक थान साइकल उपलब्ध गराइएको हो । नगरपालिकाको वडा नं ६ ले १३ वडा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको वडाध्यक्ष महेन्द्र खड्काले बताए ।

“स्वयंसेविकालाई स्वास्थ्यसम्बन्धी काम गर्दा सजिलो होस भनेर साइकल वितरण गरेका हौँ”, अध्यक्ष खड्काले भने, “यसले स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज हुनेछ ।”

महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उदेश्यले साइकल वितरण गरिएको नगर उपप्रमुख निलम जोशीले बताइन् ।