व्यक्तिगत गालीगलौज नगरौं, एजेण्डामा आधारित बहस गरौं : अध्यक्ष ओली

काठमाडाैं, २३ चैत्र । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एजेन्डामा आधारित भई बहस गर्नुपर्ने बताउनुभएका छन् ।

उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन उहाँले सामाजिक सञ्जालमार्फत व्यक्तिगत गालीगलौज नगरी एजेन्डामा आधारित बहस गर्न आग्रह गर्नुभएकाे हाे ।

‘उपनिर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन व्यक्तिगत गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न म आग्रह गर्दछु । मैले गत आम निर्वाचनका क्रममा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई बहसका निम्ति आउन आह्वान गरेको थिएँ, त्यसबेला मेरो प्रयास सफल भएन’ ।

धेरैजसो उम्मेद्वारहरूमा नयाँ र युवा अनुहार देखिरहेको छु, यो खुसीको कुरा हो,’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएकाे छ । ‘अब हामीले राजनीतिलाई सही बाटोमा लैजान एजेण्डा केन्द्रित बनाउनै पर्छ । चुनावी मैदानमा उत्रिनु भएका सबै उम्मेदवारलाई शुभकामना !’