शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सभामुखले गरे सरकारलाई रुलिङ

काठमाडाैं, २७ वैशाख । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गर्नसभएकाे छ ।

उहाँले प्रतिनिधि सभा बैठकमा नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे ।

त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारलाई सो प्रकारणका सम्बन्धमा संसदलाई जानकारी गराउन सभामुखको रुलिङको माग गर्नुभएकाे थियाे ।