सभामुखले सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना

काठमाडाैं, १ जेठ । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाउनुभएकाे छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले सांसद रायमाझी पक्राउ परेको सूचना सुनाउनुभएकाे हाे ।

रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा नियमावलीको नियम २४८ (१) बमोजिम सभामुख देवराज घिमिरेले संसदलाई जानकारी गराएकाे बताउनुभयाे ।

रायमाझी पक्राउ परेको सूचना जिल्ला प्रहरी परिसर काठमाडौंले सोमबार संघीय संसद सचिवालयलाई जानकारी गराएको थियो ।

रायमाझीलाई आइतबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले राति ८ः२५ बजे बुढानीलकण्ठ–४ बाट पक्राउ गरेकाे थियाे ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीलाई पक्राउ गर्न २० वैशाखमा पक्राउ पुर्जी जारी भएको थियो । तर पक्राउ पुर्जी जारी भएसँगै रायमाझी फरार भएका थिए ।