हामी गाई कि त्रिशूल गरेर यहाँ आएका होइनौँः केपी ओली

काठमाडौं, ७ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दल वा व्यक्ति लोकतन्त्र हुन सक्दैन भन्नुभएको छ । आज संसदमा नीति तथा कार्यक्रमबारे आफ्नो सम्वोधन गर्दै उहाँले यस्तो बताउनु भएको ।

‘एक जना प्रधानन्यायधीशलाई महाअभियोग लगाउने, कार्यवाहक प्रधानन्यायधीका भरमा न्यायलय चलाउने, २३ महिना संवैधानिक परिषद्को बैठक नबोलाउने अनि बदनीयतपुर्ण ढंगले काम गरेर लोकतन्त्रको रक्षा हुँदैन,’ उहाँले भन्नुभयो, ‘कमिकमजोरी आफूले गर्ने अनि दोष अरुलाई लगाउने परिपाटी छाड्नुपर्छ । सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्छ ।’

उहाँले दल वा व्यक्ति लोकतन्त्र हुन सक्दैन भन्दै सबैको समान अधिकार लोकतन्त्र हो भन्नुभयो । नीति तथा कार्यक्रममा त्यो नभएको आरोप लगाउनुभयो । ‘जनतालाई जनता होइन सत्ता प्राप्त गर्ने औजारका रुपमा हेरेको देखिन्छ,’ उहाँले भन्नुभयो, ‘हामी गाई कि त्रिशूल गरेर यहाँ आएका होइनौँ, लोकतन्त्र कसैले किस्तिमा राखेर दिएको होइन । बरु विकृत राजनीतिले लोकतन्त्रलाई कमजोर बनाएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *