नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध

चितवन, ८ जेठ । नारायणगढ-मुग्लिन सडक खण्डमा सुख्खा पहिरो जाँदा दुईतर्फी सडक अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका-६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो जाँदा उक्त सडक खण्डमा दुईतर्फी सडक अवरुद्ध भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फी अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार सडक बिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम भइरहेकाे जनाएकाे छ ।