प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै
काठमाडौं, १४ जेठ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक आज बस्दैछ ।
संघीय संसद् अन्तरगतको प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्न लागेको हो । बैठक संघीय संसद् भवन बानेश्वरमा सो बैठक बस्न लागेको हो ।
आजको बैठकमा ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को मस्यौदा प्रतिवेदनमाथीको संशोधनसहितको दफावार छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्ताव’ हुनेछ ।
उक्त प्रस्ताव संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली मस्यौदाका सभापति ध्रुबबहादुर प्रधानले प्रस्तुत गर्नेछन् ।
उक्त मस्यौदा प्रतिवेदनमाथि प्राप्त संशोधनहरूलाई क्रमशः निर्णयार्थ प्रस्तुत गरेपछि सभापतिले सो प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।