एक सय रुपैयाँमा कम्पनी खोल्न पाइने
काठमाडाैं, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षबाट एक सय रुपैयाँमा कम्पनी खोल्न पाइने व्यवस्था गरेको छ ।
आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले न्यूनतम एक सय रुपैयाँ मात्रै अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सकिने कानूनी व्यवस्था गरिने बताउनुभएकाे हाे ।
डा. महतले अनलाइनबाटै कम्पनी खोल्न र बन्द गर्न सकिने पनि बताउनुभयाे ।