पर्साबाट नक्कली नोटसहित एकजना पक्राउ

पर्सा, २१ जेठ । वीरगंज महानगरपालिका-१६ नगवा चोकबाट नक्कली नाेटसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

प्रहरीले १ हजार दरको ८ थान र ५ सय दरको ३० थान गरी जम्मा ३८ थान नक्कली नेपाली नोटसहित सर्लाही बरहथवा नगरपालिका-५ रामजानकी टोल बस्ने ३० वर्षीय रामबिश्वास महतोलाई शनिबार राति पक्राउ गरेको हाे ।

ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *