शुक्रवारबाट अनिवार्य अवकाशमा जाने सचिव वैकुण्ठ अर्याललाई सरकारद्वारा मुख्य सचिवमा नियुक्त

काठमाडाैं, ३२ जेठ । सरकारले शुक्रवारबाट अनिवार्य अवकाश पाएका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेका सचिव वैकुण्ठ अर्याललाई आज मुख्य सचिवमा नियुक्त गरेको छ ।

मुख्य सचिव शंकर वैरागीलाई राजीनामा गर्न लगाएर अर्याललाई नियुक्त गरेको हो । हालका मुख्य सचिव रहेका वैरागीको कार्यकाल आगामी असोज मसान्तसम्म छ ।

मन्त्रिपरिषद्को बैठकले हालका मुख्य सचिव शंकरदास वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारमा मन्त्रीस्तरीय सुविधा दिनेगरी नियुक्त गरेको छ ।