राष्ट्रियसभाकाे बैठकमा आज विनियोजन विधेयक पारित हुने

काठमाडौं, २८ असार । राष्ट्रियसभाकाे बैठक आज संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ ।

बैठक बिहान १० बजे बाेलाइएकाे थियाे । संघीय संसद् सचिवालयले जारी गरेको आजकाे सम्भावित कार्यसूचीमा विनियोजन विधेयक २०८० पारित हुँदैछ ।

आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरुले दिने कार्यक्रम पनि तय भएको छ ।

आजकाे कार्यतालिका अनुसार खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने पनि संघीय संसद् सचिवालयले जनाएकाे छ ।