वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक युवकले गरे आत्महत्या

काठमाडौं, १८ भदौ। वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषले आत्महत्या गरेका छन् ।

आज बिहानकाे करिव तीन बजेकाे समयमा वीर अस्पतालको सर्जिकल भवनको तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी प्रवक्ता कुमोध ढुंगेलका अनुसार ती पुरुष अन्दाजी ४० वर्षका छन् । प्रहरीका अनुसार मृतकको पहिचान खुल्न सकेको छैन ।