नेम्वाङको शव केहीबेरमा अन्तिम श्रद्धाञ्जलिका लागि पार्टी कार्यालय ल्याइदैँ

काठमाडौं, २६ भदौ । नेकपा (एमाले)का उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको शवलाई अन्तिम श्रद्धाञ्जलिका लागि एमाले मुख्यालयमा राखिने भएको छ । एमालेका सचेतक महेश वर्तौलाले दिएको जानकारी अनुसार अहिले शीर्ष नेताहरु त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुगेका छन् । अब केहीबेरमा नेम्वाङलाई पार्टी कार्यालमा ल्याउने तयारी भएको छ । उहाँलाई आज दिनभरी नै पार्टी कार्यालयमा राख्ने तयारी भएको छ ।

उहाँका छोराहरु बाहिर रहेकाले उहाँको अन्तिम संस्कारका लागि केही ढिलाई हुने उहाँले जानकारी दिनुभयो । उहाँको हृदयघातबाट निधन भएको हो । बालुवाटारस्थित निवासमै उहाँको हृदयघात भएको थियो । त्यसपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लैजाँदै गर्दा निधन भएको हो । उहाँलाई साढे १ बजे हृदयघात भएको र अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भइसकेको चिकित्सकले बताएको नेम्वाङको परिवारले जानकारी दिएको छ ।