उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने श्रेष्ठलाई थुनामा पठाउन अदालतकाे आदेश

काठमाडौं, १९ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्नेमध्येका एक सयुज श्रेष्ठलाई मुद्दाको टुंगो नलागुञ्जेल काठमाडौं जिल्ला अदालतले थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले श्रेष्ठको धरौटी अस्वीकार गरी उनलाई थुनामै पठाउन आदेश गरेको हो ।

श्रेष्ठ यसअघि नै साधारण तारेखमा छुटेका थिए । उच्च अदालतले उनलाई ५ लाख धरौटी बुझाउन र अन्तरिम क्षतिपूर्ति दिन आदेश दिएको थियो ।

धरौटी नबुझाई फरार रहेका उनलाई अदालतले थुनामा पठाउन आदेश दिएको हो । थुनामा जानुपर्ने भएपछि उनी धरौटी बुझाउन तयार भए पनि अदालतले अस्वीकार गरेको छ ।

२०७७ असोज २० गते कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा परिसरमा समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो ।