अध्यक्ष ओलीद्वारा नेकपा एमाले सुदूरपश्चिमकाे प्रथम अधिवेशन उद्घाटन हुने
धनगढी, २१ असोज । नेकपा एमाले सुदूरपश्चिम प्रदेशकाे प्रथम अधिवेशन आज हुने भएको छ । अधिवेशनकाे पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन हुने कार्यक्रम छ ।
अधिवेशनमा ६७५ जना प्रतिनिधि सहभागी रहने पार्टीका सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारीले जानकारी दिनुभयाे । नौ वटा जिल्लामध्ये सबैभन्दा बढी प्रतिनिधि बाजुराका रहेका छन् ।
अध्यक्ष भण्डारीका अनुसार बाजुराबाट २८ महिला, ५९ पुरुष र ४१ दलित, कैलालीबाट २७ महिला, ७० पुरुष र २० दलित प्रतिनिधि रहेका छन् ।
यस्तै, कञ्चनपुरबाट १७ महिला, ३७ पुरुष र नौ दलित, बैतडीबाट १९ महिला, ३३ पुरुष र १६ दलित, दार्चुलाबाट १९ महिला, २८ पुरुष र ६ दलित, अछामबाट १२ महिला, ३४ पुरुष र आठ दलित प्रतिनिधि रहेका छन् ।
बझाङबाट १३ महिला, २६ पुरुष र ९ दलित, डोटीबाट ११ महिला, २३ पुरुष र ७ दलित, डडेलधुराबाट ५ महिला, १२ पुरुष र १ दलित प्रतिनिधि रहेका छन् भने जनसङ्गठनबाट २५ महिला, ४३ पुरुष र ७ दलित प्रतिनिधि रहने छन् ।
पार्टीको मजदुर विशेष इलाका कमिटीबाट १ महिला, ४ पुरुष गरी ५ जना प्रतिनिधि रहेका छन् । बुद्धिजीवी विशेष इलाका कमिटीबाट १ महिला र ४ पुरुष गरी ५ जना प्रतिनिधि रहने जनाइएको छ ।