खुलामञ्चमा एमाले, युवासंघ र किसान महासंघको चङ्गा प्रतियोगिता, रुबेललाई प्रथम पुरस्कार

काठमाडौँ, २८ असोज । नेकपा (एमाले) काठमाडौं महानगर कमिटी, अखिल नेपाल किसान महासंघ र राष्ट्रिय युवा संघ नेपालको महानगरीय कमिटीको संयुक्त आयोजनामा विजया दशमी, तिहार, नेपाल संवत् ११४४को उपलक्ष्‍यमा खुल्लामञ्‍चमा महानगरीय चङ्गा प्रतियोगिता गरिएको हो ।

एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको प्रमुख आथित्यतामा सम्पन्न उक्त कार्यक्रमलाई सम्वोधन गर्दै शाक्ले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताउनुभयो । ‘देशमा जात–जातकाबीचमा विभिन्न अन्तरविरोध र द्वन्द्व सिर्जना भइरहेको छ, उक्त काम गलत हो, सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ,’– उहाँले भन्नुभयो ‘आजसम्म विभिन्न जातजाति मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको छ । अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्छ । समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुन्छ ।’

उहाँले विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरविरोधहरु सिर्जना गर्ने काम भएको भन्दै त्यो बिल्कुल गलत काम भएको बताउनुभयो । ‘विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ,’ उहाँले भन्नुभयो ।

कार्यक्रममा रुबेल थापा क्षेत्री प्रथम, सूर्य प्रजापति दोस्रो र चन्दन ढकाल तेस्रो हुनुभयो । प्रतियोगितामा सूर्य चिन्ह अंकित चङ्गा उडाइएको थियो । त्यसैगरी युवासंघ र अखिल नेपाल किसान महासंघका झण्डा अंकित चङ्गा पनि उडाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *