वाग्मतीमा नदीमा नुहाउँदा बालकको डुबेर मृत्यु

काठमाडौं, ५ कात्तिक । रौतहटकाे वाग्मती नदीमा नुहाउने क्रममा एक बालकको डुबेर मृत्यु भएको छ ।
रौतहटकाे राजदेवी नगरपालिका-९ व्रहम्पुरीका वीरेन्द्र दासका १० वर्षीय छोरा गौतम दासकाे दिउँसो नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएकाे हाे ।
गौतमलाई उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौरमा पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।