तिहार तथा छठ बिदामा राष्ट्रिय मानव अधिकार आयोग खुला रहने

काठमाडौँ, २४ कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश तथा प्रदेश शाखा कार्यालय तिहार तथा छठको बिदामा पनि खुल्ने भएका छन् ।

कार्यालय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहने आयोगले जनाएकाे छ ।

आम नागरिकको मानव अधिकार संरक्षणलाई ध्यानमा राखी विगतमा झै यस वर्ष पनि तिहार र छठको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको कार्यालयका प्रवक्ता डा टीकाराम पोखरेलले जानकारी दिनुभयो ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा उजुरी लिने तथा आवश्यकताअनुसार गम्भीर प्रकृतिका घटनामा आकस्मिक अनुगमनसमेत गर्नेछ ।