भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

काठमाडौँ, २० पुस । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमण पूरा गरी मध्याह्न स्वदेश फिर्ता हुनुभएकाे छ ।

उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्रमन्त्री एनपी साउदले शुक्रबार विदाई गर्नुभएकाे छ ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन एस जयशंकर बिहीबार नेपाल आउनुभएकाे थियाे ।

बिहीबार उहाँले उच्चस्तरीय भेटवार्ता गर्नुभएकाे थियाे । भेटवार्ता पछि आयोगको बैठकमा नेपाल र भारतबीच भएका विभिन्न सहमति तथा समझदारी आदानप्रदान गर्नुभएकाे थियाे ।

शुक्रबार स्वदेश फर्किनुअघि उहाँले पशुपतिनाथ मन्दिरको दर्शन गर्नुभएकाे थियाे भने शुक्रबार नै उहाँले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन पनि गर्नुभएकाे थियाे ।