‘आयुसंस्कारपरित्याग दिवस’ भव्यताका साथ सम्पन्न

काठमाडौं, १३ फागुन । श्रीखण्ड तरुमूल महाविहारकाे आयाेजनामा गरिएकाे ‘आयुसंस्कार परित्याग दिवस’ भव्यताका साथ सम्पन्न भएकाे छ ।

भगवान गौतम बुद्धले गरेको आयुसंस्कार परित्यागलाई मनन् गर्दै श्रीखण्ड तरुमुल महाविहारकाे आयाेजनामा ‘आयुसंस्कार परित्याग दिवस’ मनाएकाे हाे ।

शनिवार शिल्ला पू्र्णिमाकाे दिन भगवान बुद्धले तिन महिनापछि अर्थात बैशाख पुर्णिमाका दिन महापरिनिर्वाण प्राप्त गर्ने भनि घाेषणा गर्नुभएकाे दिनलाई सम्झेर आयुसंस्कार परित्याग दिवस मनाइएकाे महाविहारले जनाएकाे छ ।

आयुसंस्कार परित्याग दिवसका दिन भगवान बुद्धको मूर्ति विशेष रुपले सजाएर गाडीमा विराजमान गराई बसन्तपुरबाट विभिन्न सांस्कृतिक वाजागाजासहित शोभायात्रा गरी नगर परिक्रमा गराइएकाे छ ।

शोभायात्रा काठमाडाैंकाे वसन्तपुर, काष्ठमण्डप, चिकंमुगल, जैसीदेवल, ज्याबहाल, लगन, व्रम्हटाेल, ह्यूमत पुगेर फेरी कोहिति, भिमशेनस्थान, मरुटाेल, प्याफल, यत्खा, नरदेवी, त्यंगल, बाङ्गेमुढा, न्हाय्कंतला, असन, केलटाेल, इन्द्रचाेक, मखन, हनुमानढाेका हुँदै वसन्तपुरमा पुगेर सामपन गरिएकाे थियाे ।

शोभायात्रामा काठमाडौंका विभिन्न वौद्ध विहारका बज्राचार्य, शाक्य गूरूहरू तथा उपासक–उपासिकाहरुका साथै समाजका विभिन्न समूदायका हजारौँको संख्यामा सहभागिता रहेकाे थियाे । शोभायात्रा पश्चात काठमाडौं महानगरपालिकाकी उप–मेयर सुनिता डंगोलको प्रमुख आथित्यतामा वसन्तपुर डबलीमा विशेष वौद्ध सभाको आयोजना गरिएको थियाे ।

यस शाेभायात्राकाे संयाेजक दिल्लीरत्न शाक्य हुन भने सभाकाे सभापतित्व उक्त विहारका थाय्पा दिलरत्न शाक्यले गर्नुभएकाे थियाे । यस्ताे शाेभायात्रा पन्ध्र वर्षपछि पुन: प्रारम्भ भएकाे आयाेजक विहारले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *