नयाँ मन्त्रीको सपथ आज साँझ ५ बजे
काठमाडौँ, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकार आज पुनःगठन हुने भएको छ ।
प्रधानमन्त्री दाहालको सिफारिसमा आजै नयाँ मन्त्रीहरुले सपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार नयाँ मन्त्रीहरुको सपथ आज साँझ ५ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने छ ।
आज सपथ लिने मन्त्रीहरुमा एमालेबाट प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रबाट हितबहादुर तामाङ र रास्वपाबाट उपाध्यक्ष डिपी अर्याल रहनुभएको बताइएको छ । उहाँहरुको मन्त्रालय भने तोकिएको छैन ।