नेकपा एस छाेडेको भोलिपल्टै भौतिक पूर्वाधार मन्त्री बने मनाङे

कास्की, ५ चैत्र । एकीकृत समाजवादी त्यागेर स्वतन्त्र सांसदको हैसियत मागेका राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बनेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकीकृत समाजवादी पार्टी त्यागेर स्वतन्त्र हैसियतमा रहेको दाबी गरेका दीपक मनाङेलाई समेत समेटेर मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।
मुख्यमन्त्री पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका छन् । भौतिक पूर्वाधारमा यसअघि माओवादी केन्द्रकी रेशम जुग्जाली मन्त्री थिए ।
केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । सामाजिक विकास मन्त्रालयको जिम्मेवारी भने महेन्द्रध्वज जिसीले पाएका छन् ।
आज दिउँसो साढे ३ बजे सपथको तयारी भैरहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।