सुनसरीमा दुई समूहबीचको भीडन्तले पाँच पालिकामा कर्फ्यू आदेश
काठमाडौं । सुनसरीमा दुई समूहबीचको भीडन्तले पाँच पालिकामा कर्फ्यू आदेश जारी भएकाे छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीले पछिल्लाे पटक थप तीन पालिकामा कर्फ्यू आदेश जारी गरेको हाे ।
इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका र कोशी गाउँपालिकामा कर्फ्यू आदेश जारी गरेको कायम मुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनुभयाे ।
यसअघि हरिनगरा गाउँपालिका र देवानगञ्ज गाउँपालिकामा सुनसरी प्रशासनले निषेधादेश जारी गरेको थियो ।
जिल्लाको भुटाहामा दुई समूहबीचको झडपले उग्ररुप लिएपछि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यू आदेश जारी गरेको हो । भुटाहामा बिहीबार फरक समुदायका युवाहरूबीच झडप भएको थियो ।