त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद

काठमाडौं, ६ वैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएकाे छ ।

भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको इन्डिगो एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा एक किलो भन्दा बढी सुन फेला परेको हाे ।

बुधवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि पार्किङ भएको जहाजमा १ किलो ७० ग्राम सुन फेला परेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।

विमानको सिट नम्बर २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टि कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा उक्त सुन फेला परेको विमानस्थल प्रहरीले जनाएकाे छ।

प्रहरीका अनुसार सिक्री थान ३, सुनको बिस्कुट थान–६ त्रिभुज आकारको सुन जस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु थान–२ र सिक्री जोड्ने ससाना रिङ थान–२ फेला परेको विमानस्थल प्रहरीले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *