मेलम्ची खानेपानी बाह्रै महिना आपूर्ति हुने व्यवस्था मिलाइने
काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजनाबाट बाह्रै महिना खानेपानी आपूर्ति हुने व्यवस्था मिलाउने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुँदै यस्ताे बताउनुभएकाे हाे ।
उहाँले आगामी आर्थिक वर्षमा बाढीले क्षति पुर्याएको मेलम्ची आयोजनाको दीगो व्यवस्थापन गर्दै बाह्रै महिना खानेपानी उपत्यका आउने व्यवस्था गरिने बताउनुभयाे ।
साथै उहाँले पानी चक्रपथ बाहिरका क्षेत्र र भक्तपुरको अरनिको राजमार्ग आसपासका क्षेत्रमा खानेपानी आपूर्तिको व्यवस्था मिलाइने पनि बताउनुभयाे ।