प्रधानमन्त्रीले कांग्रेसकाे नाराबाजीपछि भने : यसको मूल्य तपाईँहरूलाई महँगो पर्नेछ
काठमाडौं, ७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा गलत गरेको टिप्पणी गर्नुभएकाे छ ।
सोमबार कांग्रेसको अवरोधकै बीचमा विश्वासको मत लिने समयमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको भन्दै यो गतिविधि कांग्रेसलाई निकै महँगो पर्ने चेतावनी दिनुभएकाे हाे ।
‘तपाईंहरूले आज बहुत गलत गर्नुभयो। जुन प्रधानमन्त्रीले तपाईंहरूलाई पटक पटक साथ दियो र यो पटक पनि जुन प्रधानमन्त्रीले तपाईंहरूलाई संवादको बाटोमा ल्याउन मेहनत गरेको छ। त्याे मेहनत खेर गएकाे छ । तपाईंहरुले इतिहासमा एउटा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो,उहाँले भन्नुभयाे, “यसको ठूलो मूल्य चुकाउनुपर्ने छ” ।