आन्दाेलनरत् कर्मचारीको माग छिटो समाधान हुनुपर्छ : अध्यक्ष ओली
काठमाडौं, ९ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आन्दाेलनरत् संघीय संसद सचिवालयका कर्मचारीहरूकाे माग छिटो समाधान गर्नुपर्ने बताउनुभएकाे छ ।
उहाँले आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले भन्नुभयाे, संघीय संसद सचिवालयका कर्मचारीको माग वार्ताबाट अविलम्व सकारात्मक निष्कर्षसहित समाधान गर्नुपर्छ ।
संघीय संसद सचिवालयका कर्मचारीहरू केही दिनयता सेवा सुविधाको ११ बुँदे मागसहित आन्दोलनमा छन् ।