प्रधानमन्त्रीलाई विश्वासको मत नदिन कांग्रेसको ह्वीप

काठमाडौं, २७ असार । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार लिन लाग्नुभएकाे विश्वासको मतका विपक्षमा मत दिन ह्वीप जारी गरेको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले राख्ने प्रस्तावको विपक्षमा मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गर्नुभएकाे हाे ।

प्रधानमन्त्री प्रचण्डले भोलि शुक्रबार विश्वासको मत लिने तयारी गर्नुभएकाे छ ।