टीआरसी विधेयक संसदीय समितिबाट सर्वसम्मत पारित
काठमाडौं, २४ साउन । प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सर्वसम्मत रूपमा पारित भएको छ ।
बिहीबार बसेको समितिकाे बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।
विधेयकका सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएका थिए । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो ।
समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेश गर्ने गरी पत्राचार गर्ने समितिका सभापति विमला सुवेदीले बताउनुभयाे ।