अर्थमन्त्री पौडेल र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता

काठमाडौं, २८ साउन । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विक्रम मिस्रीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलसंग अर्थ मन्त्रालयमा भएकाे भेटमा आर्थिक तथा विकास सहायता, चालू आयोजनाहरुको तीव्रता, दुई देशबीचको आपसी सम्बन्ध लगायतका विषयमा छलफल भएको थियो ।