इन्द्रजात्राको याेसिं: भोटाहिटीबाट नगर प्रवेस गराउँदै हनुमानढाेका पुर्‍याइयो (तस्बिरहरू )

काठमाण्डौं, २६ भदाै । इन्द्रजात्राको लागि काठमाण्डौको हनुमानढाेकामा ठड्याउने याेसिं: भोटाहीटीबाट नगर प्रवेस गराउँदै हनुमानढाेका पुर्‍याइएकाे छ ।

नेपाल पञ्चाङ निर्णायक समितिकाे निर्णय अनुसार आज विहानकाे १०:३२ बजेकाे साइतमा हनुमानढाेका पुर्‍याइएकाे हाे ।

काभ्रेको नाला जङ्गलबाट मानन्धर समुदायलेेेेेेेेेेेेेे ल्याएको रुखलाई नालाछाप, फैढोका, च्याम्हसिंह, जगाती, सूर्यविनायक चोक, सल्लाघारी, थिमिको शङ्खधर चोक, काठमाण्डौको कोटेश्वर, बानेश्वर, माइतीघर, भद्रकाली हुँदै भोटाहिटी पुर्‍याइएको थियाे ।

इन्द्रध्वजका लागि रुख छान्न र काट्नका लागि राज्यको प्रतिनिधि स्वरुप राजखड्ग, गुठी संस्थानका प्रतिनिधि , पुजारी र गुर्जुपल्टन सहित केन्द्रीय मानन्धर सङ्घका पदाधिकारीहरु जाने चलन छ । याेसिं: सम्बन्धित सम्पूर्ण व्यवस्थापन केन्द्रीय मानन्धर सङ्घले गर्ने गर्दछ ।

आउँदो ३० गते आइतवार याेसिं:मा इन्द्रध्वजथान गराएर विहान ८ बजेर २६ मिनेटको साइतमा हनुमानढाेकामा इन्द्रध्वज ठड्याएपछि यसवर्षको इन्द्रजात्रा विधिवत रुपमा शुरु हुनेछ ।

तस्बिरहरू : सन्देश मुनिकार, मैत्री न्यूज