जिल्ला प्रहरी कार्यालय धनुषाबाट ८ जना थुनुवा फरार
धनुषा, ७ असाेज । जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी हिरासतबाटै ८ जना थुनुवा फरार भएका छन् ।
कार्यालयकाे भेन्टिलेसन फोडेर ८ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएकाे छ ।
कार्यालयकाे हिरासतबाट ९ जना फरार भएकामा फरार भएका मध्य एक जनालाई नियन्त्रणमा लिन सकिएकाे प्रहरीले जनाएको छ ।
फरार हुनेमा लागु औषध मुद्दाका अमितकुमार झा, रंजित मण्डल, रोशनकुमार मण्डल, अभास्कर कुमार यादव, विशाल मुखिया रहेका छन्। त्यस्तै अभद्र व्यवहारमा पक्राउ परेका मनिष मण्डल र बिक्की कार्कीका साथै एक जना नाबालक रहेकाे प्रहरीले जनाएकाे छ ।
फरार भएकाहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको कार्यालयले जनाएकाे छ ।