दशैँको अग्रिम टिकट बुकिङ बन्द गर्ने व्यवसायीको तयारी
काठमाडौं, १५ असाेज । यातायात व्यवसायीहरूले दसैंका लागि खुलाइएको अग्रिम टिकट बुकिङ बन्द गर्न माग गरेका छन् ।
बाढीपहिरोले काठमाडाै भित्रिने र बाहिरिने विभिन्न राजमार्ग क्षति भएपछि सवारी आवागमनको समय तालिका बदलिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराउन माग गरिएकाे हाे ।
नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आज दिउँसो ३ बजे सरकारसँग यसबारे छलफल गर्ने बताउनुभयाे ।
सिटौलाले भन्नुभयाे, चारदिन देखिका यात्रुहरू अस्तव्यस्त छन्। टिकट भएपछि दबाब बढ्छ। बाटोका कारण गाडी समयमा आउन जान सकेका छैनन् । यद्यपि यसबारेमा दिउँसो यातायात व्यवस्था विभागसँग बैठक बसेर आवश्यक निर्णय लिइने उहाँको भनाइ छ ।
चाडबाडमा घर फर्किनेहरूका लागि यही असोज १२ गतेबाट अग्रिम टिकट खुल्ला गरिएको थियो । हजारौं यात्रुहरूले टिकट काटिसकेका छन् ।