सहकारी ठगी प्रकरणमा रविलाइ अनुसन्धान गर्दै गर्दा कार्यकर्ताले गरे प्रदर्शन, निषेधित क्षेत्र तोड्न खोजेपछि अश्रुग्याँस प्रहार
काठमाडौँ, २० कात्तिक । सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा रविका कार्यकर्ताहरूले प्रदर्शन जारी राखेका छन् ।
लामिछानेलेलाई सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि मंगलबार कास्की जिल्ला अदालतमा पेस गरिएको छ भने बाहिर कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् ।
सो क्रममा प्रदर्शनकारीहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । वाइचोकबाट उनीहरू निषेधित क्षेत्र तोकिएको सहिदचोक जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।
प्रदर्शनमा सहभागीहरूले सरकारसँग लामिछानेको रिहाइको माग गरेका छन् ।