रहेनन् पूर्वसभामुख दमननाथ ढुंगाना
काठमाडौं, २ मङ्सिर । पूर्वसभामुख तथा वरिष्ठ अधिवक्ता दमननाथ ढुंगानाको निधन भएको छ ।
काठमाडाैंकाे फ्रन्टलाइन अस्पतालमा कलेजो सम्बन्धी समस्याको उपचार गराइरहेका ढुंगानाको उपचारको क्रममा आज दिउँसो दुई बजे निधन भएको हाे ।
ढुंगाना २०४८ सालदेखि २०५१ सम्म उहाँ सभामुख हुनुभएका थिए । पञ्चायतकालमा विद्यार्थी संगठन बनाएर राजनीतिक यात्रा सुरु गर्नुभएका उहाँले वरिष्ठ अधिवक्ता, मानवअधिकारवादी र नागरिक समाजको अगुवाको पहिचानसमेत बनाउनुभएकाे थियाे ।
२०२८ सालमा नेपाल बार एसोसियसनको महासचिव बन्नुभएका उहाँ पत्रकारिता र शिक्षण पेशा हुँदै ०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सभामुख बन्नुभएकाे थियाे ।